Rule 28
सुविधा रोक्का राख्ने अवधि
(१) कुनै प्रतिष्ठानमा ऐन वा यस नियमावली बमोजिम गर्नु पर्ने कुनै व्यवस्था नगरेको पाइएमा श्रम कार्यालयले यथाशीघ्र त्यस्तो व्यवस्था गर्न मनासिव म्याद तोकी व्यवस्थापकलाई आदेश दिनेछ ।
(२) उपनियम (१) बमोजिम दिइएको आदेश अनुसार आवश्यक व्यवस्था नगरेमा श्रम कार्यालयले त्यस्तो प्रतिष्ठानलाई प्रचलित कानुन बमोजिम दिइने सुविधा छ महिनासम्मको लागि रोक्का गर्न सम्बन्धित निकायलाई लेखी पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम छ महिनासम्म सुविधा रोक्का गर्दा समेत प्रतिष्ठानले आवश्यक व्यवस्था नगरेमा श्रम कार्यालयले त्यस्तो प्रतिष्ठानलाई प्रचलित कानुन बमोजिम दिइने सुविधा अर्को व्यवस्था नभएसम्मको लागि रोक्का गर्न सम्बन्धित निकायलाई लेखी पठाउनु पर्नेछ ।
(४) उपनियम (२) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रतिष्ठानले ऐन वा यस नियमावली बमोजिम आवश्यक व्यवस्था गरेको प्रमाण पेश गरेमा श्रम कार्यालयले यस नियम बमोजिम रोक्का गरेको सुविधा जुनसुकै बखत फुकुवा गर्न सक्नेछ ।